मेलम्ची खोलामा हामफालेर बेपत्ता वृद्धको शव भेटियो

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका-११, फट्टेस्थित बाटोको छेउमा लगाएको पर्खालबाट मेलम्ची खोलामा हामफालेर बेपत्ता भएका वृद्धको शव सशस्त्र प्रहरीले शुक्रबार फेला पारेको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार हेलम्बु गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-६, महांकाल बस्दै आएका ६४ वर्षीय विष्णुप्रसाद गजुरेल बिहीबार उक्त खोलामा हामफाली बेपत्ता भएका थिए।
खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश, मेलम्चीबाट डीएसपी राजेश फुयाँलको कमाण्डमा खटिएको सुरक्षा फौजले उनको शव मेलम्चीको ढकालखहरेस्थित इन्द्रावती खोलाको बीच भागमा फेला पारेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *