बालकोटले रुचाएका कैलाश ढुंगेलको नेतृत्वमा यस्तो बन्यो एमाले बागमती प्रदेश कार्यसमिति

नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा बालकोटले चाहेका कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा विजयी भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतले उनलाई सर्वसम्मत अध्यक्ष बनाउन चाहेका थिए । तर अन्तिम समयमा कार्यकर्ताले निर्वाचनमा जाने भनेपछि शुक्रबार मतदान भएको थियो ।

ढुङ्गेल ६९६ मत पाएर विजयी हुँदा दाहालले ४३९ मत पाएका छन् ।

उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी भएका छन् । यसैगरी सचिवमा नवराज सिलवाल एक मतले विजयी भएका छन् । सिलवाल ५६८ मतले विजयी हुँदा अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत पाएका छन् ।

खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी भएका छन् ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा शुक्रबार मतदान भएको थियो । मतदानमा ११३५ मत खसेको थियो ।

अध्यक्ष पदमा केशवराज पाण्डे, सानुकुमार श्रेष्ठ र केशरकुमार बुढाथोकीले उम्मेदवारी दिए पनि फिर्ता लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर