विवेक ओझाको उपन्यास ‘ऐँठन’ लाई मदन पुरस्कार

२०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’ लाई दिइने भएको छ।

आज बसेको मदन पुरस्कार गुठीको बैठकले ‘ऐँठन’ लाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय गरेको छ।

मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशि चार-चार लाख रूपैयाँ छ।

‘ऐँठन’ मा माओवादी सशस्त्र आन्दोलनका बेला नेपाली समाजले भोगेको विषयवस्तु छ।’ ऐँठन’ विवेकको दोस्रो कृति हो। यसअघि उनले ‘ऐलानी’ उपन्यास बजारमा ल्याएका थिए। वादी समुदायको कथा रहेको सो कृतिलाई लिएर मुद्दासमेत परेको थियो।

‘मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिँदै आएको छ। यो पुरस्कारका लागि अन्तिम सूचीमा परेका उत्कृष्ट पाँच पुस्तकहरूमध्येबाट ऐँठन छनोट भएको हो। उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *