अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

आपराधिक विश्वासघातको आराेपमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

न्यायाधीश कृष्णप्रसाद सुवेदीले अनमोललाई पहिलो पटक ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भक्तपुरको साँगाबाट शुक्रबार पक्राउ गरेको थियाे।

‘रावायण’ चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरूद्ध दिएको आपराधिक विश्वासघातको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीमाथि १ करोड १५ लाख रूपैयाँको आर्थिक विश्वासघात गरेको आरोप रहेको प्रहरीले जनाएको छ।

उनले फिल्म ‘रावायण’ मा अभिनय गर्न सहमत हुँदै १० लाख रकम लिएको र उनी सहमत भएपछि अन्य कलाकारहरूसहित गरेर निर्माण प्रक्रियामा एक करोड १५ लाख खर्च भइसकेपछि फिल्म खेल्न अस्वीकार गरेको भन्दै उनीविरूद्ध प्रहरीमा उजुरी परेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *