एशियाली खेलकुद : क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने

१९ औं एशियाली खेलकुदअन्तर्गत पुरूष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ।

यसअघि पहिलो चरणमा मंगोलिया र माल्दिभ्सलाई हराएर समूह विजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनाएको नेपालले मंगलबार सेमिफाइनल प्रवेशका लागि भारतीय टोलीसँग खेल्ने पक्का भएको हो।

नेपालले हालै मात्र एशिया कपमा भारतसँग खेलेको थियो।

प्रतियोगितामा ५ वटै टेस्ट राष्ट्रलाई सोझै क्वार्टरफाइनलमा स्थान दिइएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *