अनमोललक्षित प्रदीप खड्काको टिप्पणी- बिहेपछि दुलही फिर्ता लैजाऊ भन्न पाइँदैन

नायक प्रदीप खड्काले ‘बिहेपछि दुलही फिर्ता लैजाऊ’ भन्न नपाइने टिप्पणी गरेका छन् ।

नायक अनमोल केसीलाई निर्माता-निर्देशक सुदर्शन थापाले प्रहरी हिरासतमा पुर्‍याएपछिको विवादलाई लक्षित गर्दै नायक खड्काले नाम नलिइकन ‘बिहेपछि दुलही फिर्ता लैजाऊ’ भन्न नपाइने टिप्पणी गरेका हुन्।

‘विवाहपूर्वको सम्बन्ध तोडिँदा हो तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मन पर्न छोड्यो भन्ने। विवाहओत्तर त सुहागरात मात्र भएको हो, मलाई मन परेन, अचानक चित्त बुझ्न छोड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलाएर ल्याउनू होइन भने दुलही लानुस्, म बिस्तारै दाइजो (कानूनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै,’ खड्काले लेखेका छन्।

उनले कानूनी रूपमा अनमोलले क्षतिपूर्ति तिर्नु पर्ने आसयसमेत प्रकट गरेका छन्।

‘खैर, चाहे १ दिन होस् वा १ दशक, चाहे कानूनी होस् वा सामाजिक, विवाह जेसुकै भा’को भए पनि दुलहीले माग्ने आधा अंश हो। कानूनले दिलाउने पनि त्यही नै हो,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर