अनमोल केसीले फिर्ता गरे ‘रावायण’ का लागि पेश्की लिएको १० लाख

अभिनेता अनमोल केसीले फिल्म ‘रावायण’ का लागि पेश्कीस्वरूप लिएको १० लाख रूपैयाँ फिर्ता गरेका छन्।

चलचित्रकी निमात्री सुप्रिया अर्थात् चन्द्रकला कटुवालको नाममा चेक काटेर केसीले रकम फिर्ता गरेका हुन्।

उनले सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा निर्मात्री कटुवालको नाममा चेक काटेर बुझाएका छन्। भक्तपुरको साँगाबाट शुक्रबार पक्राउ परेका केसी सोही दिन अस्पताल भर्ना भएका थिए।

आइतबार जिल्ला अदालतले तीन दिनको म्याद थप गर्दै उक्त म्याद शुक्रबारदेखि आइतबारसम्मको मिलान गरेर हाजिरी जमानीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका थिए।

प्रहरीले अभिनेता केसीले हिरासत बाहिर रहँदा प्रमाण नष्ट गर्न नसक्ने, फरार हुन नस्कने र स्वास्थ्यमा समस्या रहेका कारणसहित परिवारको रोहबरमा रिहा गरेको हो।

‘रावायण’ चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरूद्ध दिएको आपराधिक विश्वासघातको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

उनीमाथि १ करोड १५ लाख रूपैयाँको आर्थिक विश्वासघात गरेको आरोप निर्माण पक्षले लगाएका थिए।

उनले फिल्म ‘रावायण’ मा अभिनय गर्न सहमत हुँदै १० लाख रकम लिएको र उनी सहमत भएपछि अन्य कलाकारहरूसहित गरेर निर्माण प्रक्रियामा एक करोड १५ लाख खर्च भइसकेपछि फिल्म खेल्न अस्वीकार गरेको भन्दै उनीविरूद्ध प्रहरीमा उजुरी परेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *