यस्तो छ मलेसियामा एसीसी यू-१९ प्रिमियर कप खेल्ने नेपाली टोली

एसीसी यू-१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ।

मलेसियामा अर्को साता सुरू हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार देव खनालको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

प्रिमियर कपका लागि गत फागुनमा आईसीसी यू-१९ विश्वकप एशिया क्षेत्र छनोटको उपाधि जित्दाको टोलीलाई नै निरन्तरता दिइएको छ।

प्रिमियर कपको शीर्ष ३ मा रहने टोलीले आगामी डिसेम्बरमा हुने यू-१९ एशिया कपमा स्थान बनाउनेछन्। समूहका शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनमा स्थान बनाउनेछन्।

नेपाल रहेको समूह ‘ए’ मा बहराइन, साउदी अरेबिया र इरान छन्। समूह ‘बी’ मा यूएई, ओमान, कतार र चीन तथा समूह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्याण्ड र मालदिभ्स छन्। समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इण्डोनेसिया रहेका छन्।

प्रिमियर कप असोज २५ देखि कार्तिक ७ गतेसम्म चल्नेछ।

समूह चरणको पहिलो खेलमा नेपालले २५ गते इरानसँग खेल्दै प्रिमियर कपको सुरूआत गर्नेछ। २८ गते घटस्थापनाको दिन बहराइनसँग तथा समूह चरणको अन्तिम खेलमा कार्तिक २ गते साउदी अरेबियासँग खेल्ने तालिका छ।

नेपाली टोली
देव खनाल (कप्तान), सुवास भण्डारी, विशाल केसी, आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द र मिलन बोहरा

वैकल्पिक खेलाडी
प्रज्वल थापा, विपिन रावल, निर्मल गुरूङ र राजेश यादव

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *