एशियाली खेलकुदमा सहभागी भएर स्वदेश फर्कियो क्रिकेट टोली

सोचेजस्तो नतिजा नआए पनि खेल राम्रो भयो : कप्तान रोहित

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । चीनको हाङ्झाउमा भएको १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो । विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआए पनि खेल राम्रो भएको बताए ।

उनले भने, ‘सोचेको जस्तो रिजल्ट आएन । चुनौतीपुर्ण त छँदै थियो तर अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपर्‍यो । निराशा सँगैसँगै खेल सकारात्मक नै थियो ।’

आउने दिनमा बलिया देशहरूसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने उनले बताए ।

त्यस्तै क्रिकेटर दीपेन्द्रसिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुसी भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *