कराँतेको पहिलो दिन नेपालका ३ खेलाडी प्रतिस्पर्धाबाट बाहिरिए

एसियन गेम्सअन्तर्गत कराँतेको पहिलो दिन प्रतिस्पर्धामा उत्रिएका नेपालका तीनै जना खेलाडी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरूष ७५ केजीमुनि नेपालका शेखु मोहम्मद आलम काजकिस्तानका खेलाडीसँग पराजित भए । काजकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई ५-० ले पराजित गरे । रिपेचेजको पहिलो बाउटमा बाइ पाएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसँग २-० ले चुके ।

एकल काताको पुरूषमा स्वर्णिम मानन्धर तथा महिलामा एलिसा मागर रास्कोटी पनि अगाडि बढ्न सकेनन् । स्वर्णिमले ३८.३० तथा एलिसाले ३७.३० अंक जोडे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर