FLASH NEWS

गोली प्रहारबाट घाईते पूर्व आईजीपी तथा सांसद ध्रुवबहादुर प्रधानका सुरक्षा गार्डकी श्रीमतीको मृत्यु

नेपाल प्रहरीका अवकाशप्राप्त महानिरीक्षक (आईजीपी), पूर्व मन्त्री तथा राप्रपाका सांसद ध्रुवबहादुर प्रधानका ब्यक्तिगत सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक (असई) की श्रीमतीको गोली प्रहारबाट मृत्यु भएको छ ।

सांसद प्रधानको ब्यक्तिगत सुरक्षाका लागि खटिएका असई लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको बिहीवार साँझ शिक्षण अस्पताल महाराजगञ्जमा उपचारकाक्रममा मृत्यु भएको हो । उनी गोली प्रहारबाट घाइते भएपछि १० असोजयता सोही अस्पतालमा उपचाररत थिइन् ।

मृतक शर्मिलालाई १० असोजको राती वालुवाटार ढुकुफुटसल नजिकै आफ्ने डेरामा पेटमा गोली लागेको थियो । उनी घाईते भई लडी रहेको अवस्थामा फेला पारेर तत्काल उपचारको लागि शिक्षण अस्पताल महाराजगंजमा लगिएको थियो । उनलाई बिहीवार साँझ पाँचबजेर २० मिनेटमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । चौधरी बाराका स्थायी वासिन्दा हुन् ।

प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर