दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ देखि

नजिकिँदै गरेको नेपालीहरूको महान चाड दशैंका लागि असोज २२ गतेदेखि अग्रिम टिक बुकिङ खुल्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार भएको सर्वपक्षीय छलफलमा असोज २२ गतेबाट टिकट बुकिङ खुलाउने निर्णय भएको हो।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार सरकारले सडकका खाल्डाखुल्डी पुर्ने र व्यवसायीले बसको व्यवस्थापन गरी टिकट खुलाउने निर्णय भएको छ।

काठमाडौं उपत्यकाबाट दशैंको समयमा २० लाख यात्रु बाहिरिने गरेको विगतको तथ्यांक छ। यात्रुलाई सहजताका लागि प्रहरीसँग समन्वय गरी यात्रु सहायता कक्ष स्थापना गर्ने निर्णयसमेत भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर