६० किलो सुन तस्करी प्रकरणमा २५ जनालाई थुनामा पठाउन आदेश

रूक्मिना सुब्बासँग ५ लाख रूपैयाँ धरौटी माग

काठमाडौं जिल्ला अदालतले करिब ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २६ मध्ये २५ जनालाई थुनामा पठाउन आदेश दिएको छ। एक जनासँग भने धरौटी मागिएको छ।

जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ जनालाई थुनामा पठाउन र भन्सार एजेन्ट रूक्मिना सुब्बालाई भने ५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। पक्राउ परेर थुनामा पठाइएका २५ मध्ये ७ जना चिनियाँ नागरिक छन्।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’ मा तस्करी गरेर ल्याइएको ६० किलो ७१६ ग्राम सुन बरामद भएको थियो। उक्त सुन हङकङबाट तस्करी गरेर नेपाल भित्र्याइएको थियो।

यस प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २९ जनामाथि मुद्दा चलाएको थियो। जसमध्ये ३ जना अझै फरार छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर