इजरायलमा रहेका नेपालीहरूलाई उद्धार तथा स्वदेश फिर्ता गर्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसले प्यालेस्टिनी लडाकु समूह हमाससँगको लडाइँमा रहेको मुलुक इजरालयमा रहेका नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ताको व्यवस्थाका लागि सरकारसँग आग्रह गरेको छ।

सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न स्थानहरूमा भएको आक्रमणमा परी नेपालीहरू घाइते भएका र केही नेपालीलाई कब्जामा लिइएको घटनाप्रति चिन्ता व्यक्त गरेका छन्।

इजरायलमा बसोबास गर्दै आएका नेपालीहरूको यकिन तथ्यांक पत्ता लगाउन, उनीहरूको जीवन रक्षा गर्न, तत्काल सुरक्षित स्थानमा पुर्‍याउन साथै आवश्यक उद्धार गर्न र स्वदेश फर्काउन अविलम्ब कूटनीतिक पहल गर्न कांग्रेसले सरकारसँग माग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर