सकियो १९ औं संस्करणको एशियाली खेलकुद, नेपाल १ रजत र १ कास्यमै सीमित

एसियन गेम्सको १९ औं संस्करण चीनको हाङ्झाउमा आइतबार सकिएको छ।

एशियाली महाद्वीपको सबैभन्दा ठूलो प्रतियोगितामा २९ खेलमा २ सय ५३ खेलाडीलाई सहभागी गराएको नेपाल १ रजत र १ कास्य पदमा सीमित बनेको छ ।

सेमिफाइनलसम्म पुगेको महिला कबड्डी टिमले कास्य पदक हात पार्न सफल रह्यो । समूह चरणमा बंगलादेशलाई हराउदा नै नेपालको पदक पक्का भएको थियो ।

कराँतेकी एरिका गुरूङले कुमितेमा फाइनलसम्म पुगिन् । काजकिस्तानकी खेलाडीसँग फाइनलमा पराजित भएर उनले ऐतिहासिक स्वर्ण पदक जित्न भने चुकिन् । तर कराँतेबाट नेपाललाई ऐतिहासिक रजत पदक भने जिताइन् । एरिकाको रजत पदक नेपालका लागि १९ औं एसियाडको सबैभन्दा ठूलो सफलता बनेको छ । नेपाली टिम सोमबार चीनबाट नेपाल फर्कने कार्यक्रम छ ।

यो प्रतियोगितामा चीनले सबैभन्दा धेरै २०१ स्वर्णसहित कुल ३८३ पदक जित्दा जापानले ५२ स्वर्णसहित १८८ र दक्षिण कोरियाले ४२ स्वर्णसहित १९० पदक जितेको छ । भारतले २८ स्वर्णसहित १ सय ७ पदक जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *