दशैंमा उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिने, ड्रोनबाट समेत निगरानीको तयारी

प्रहरीले काठमाडौं उपत्यकामा दशैंलक्षित विशेष सुरक्षा योजना बनाएर सुरक्षा व्यवस्थालाई कडा बनाउने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले उपत्यकाका विभिन्न भिडभाड हुने स्थानमा पर्याप्त जनशक्तिको व्यवस्था गरी उच्च प्रविधिमार्फत सीसीटीभी, ड्रोन र गोप्रोबाट सुरक्षा निगरानी बढाउने बताएका हुन् ।

चाडपर्वमा हुने विभिन्न आपराधिक घटनालाई मध्यनजर गरी प्रविधिको सहायतामा नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्ति थप गरी पहिलो पटक प्रविधिमैत्री सुरक्षा दिन प्रहरीले तयारी गरेको उनको भनाइ छ ।

उनले भने, ‘यात्रुहरूको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । भिडभाड बढी हुने स्थानहरूमा सीसीटिभी र ड्रोनलगायत उच्च प्रविविधको पहिलो पटक प्रयोग गरी उपत्यकामा सुरक्षा निगरानी गर्ने क्रममा छौं । ड्रोनबाट भिडभाड हुने स्थानलाई नियालेर जनशक्ति सञ्चालन गर्नेछौं ।’

काठमाडौं जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको खत्रीले जानकारी दिए । उनले उपत्यकाको बसपार्क वरपर निगरानी गर्न आज मात्रै ३५ जना जनशक्ति खटाएको र बाँकी ५० को संख्यामा पनि थप गर्ने तयारी रहेको बताए ।

सोमबार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ सुरू भइसकेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *