लुम्बिनी प्रदेशका अर्थमन्त्री सवार गाडी दुर्घटना

लुम्बिनी प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ।

लु १ झ ७३८ नम्बरको गाडी सोमबार तुलसीपुर उपमहानगरपालिका-१२, शीतलपुरमा दुर्घटनामा परेको हो।

मन्त्री मास्कीका प्रेस सल्लाहकार दीपक बोहोराका अनुसार सडकमा एक्कासी आएको बच्चालाई चालकले जाेगाउन खोज्दा गाडी खाल्डोमा खसेको हो।

मन्त्री मास्कीसहित ५ जना सवार गाडी कार्यक्रम सकेर फर्किँदै गर्दा दुर्घटनामा परेको जनाइएको छ। गाडीमा सवारहरूलाई सामान्य चोट लागेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर