सीमा अपराध नियन्त्रण र धार्मिक सहिष्णुता कायम राख्न एपीएफ–एसएसबीका अधिकारीको संयुक्त बैठक

सीमा सुरक्षा तथा अपराध नियन्त्रणको म्याण्डेट पाएको सशस्त्र प्रहरी बल, नेपाल र भारतमा उसको समकक्षी सशस्त्र सीमा बलका अधिकारीहरुबीच सीमा अपराध, साम्प्रादायिक एवं धार्मिक सहिष्णुता कायम राख्नको लागि कुनैपनि किसिमका अवाञ्छित गतिविधि हुन नदिन तथा दशगजा ईलाकामा कुनै किसिमको अतिक्रमण हुन नदिन, उग्र साम्प्रादायिक गतिविधि हुन नदिनको लागि आवश्यक सहयोग र सहकार्य गर्ने सहमति भएको छ ।

सशस्त्र प्रहरी बल, नेपालको छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास र भारतीय सशस्त्र सीमा बल मुज्फरपुर, बेतिया र पुर्नियाको सेक्टर मुख्यालयबीच सोमबार डीआईजी स्तरीय समकक्षी समन्वय बैठकमा यस्तो सहमति भएको हो ।

यस्तै नेपाली सवारी साधनहरुलाई सहज रुपमा आवागमन गर्नको लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने, बढ्दो लागुऔषध ओसारपसार नियन्त्रण गर्नको लागि बिशेष सुरक्षा कारबाही तथा मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण गर्न दुबै पक्षले अन्य सरोकारवाला संघ संस्थाहरुसँग आवश्‍यक समन्वय गर्नुका साथै अवैध रुपमा सीमा क्षेत्रमा हुने आर्थिक अपराध नियन्त्रण गर्नको लागि सहकार्य गर्ने सहमति भएको हो ।

दुबै देशका सुरक्षा अधिकारीहरुले आसन्न चाडपर्वहरुलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा आवागमन सहज तथा सुरक्षित बनाउनको लागि हेल्प डेक्स स्थापना कार्यलाई प्रभावकारी रुपमा संचालन गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।
यस्तै सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था बारेमा वाहिनीका प्रवक्ता एसएपी माधव प्रसाद पौडेलले जानकारी गराउएका थिए ।

बैठकमा एपीएफको तर्फबाट छिन्नमस्ता बाहिनीका बाहिनीपति डीआईजी दीपेन्द्र शाहले नेतृत्व गरेका थिए भने एसएसबीको तर्फबाट मुज्फरपुर सेक्टरमुख्यालयका डीआईजी दिपक कुमार (आईपीएस) ले नेतृत्व गरेका थिए । बैठकमामा बेतिया सेक्टर मुख्यालयका डीआईजी सुरेश सुब्रमण्यम र सीमावर्तित इलाकामा कार्यरत दुवै संगठनका कार्यालय प्रमुखहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *