दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।

राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघको सहकार्यमा एफएनसीसीआईले आयोजना गरेको सातौं दक्षिण तथा दक्षिण पश्चिम एशिया उपक्षेत्रीय मञ्चमा बोल्दै अध्यक्ष ढकालले दिगो विकास लक्ष्य हासिल गर्न राज्य र निजी क्षेत्र तथा अन्य विकास साझेदारबीच सहकार्य र नवप्रवर्तनको आवश्यकतामा जोड दिए।

उनले गरिबी न्यूनीकरण, जलवायु परिवर्तनलगायतमा साझेदारीको खाँचो औंल्याए।

उनले निजी क्षेत्र वित्तीय योगदानकर्ता मात्र नभई आर्थिक वृद्धि, रोजगारी सृजना र प्राविधिक प्रगतिको संवाहक पनि भएको बताए।

अध्यक्ष ढकालले रोजगारी सिर्जना, स्वास्थ्य सेवा र शिक्षामा लगानी, लैंगिक समानता, पूर्वाधार विकास, जलवायु परिवर्तन न्यूनीकरण र वातावरण संरक्षणमा निजी क्षेत्रले विशेष योगदान पुर्‍याइरहेको बताए।

ढकालले विश्वव्यापी चुनौतीको सामना गर्न सार्वजनिक-निजी सहयोग र अन्तर्राष्ट्रिय सहकार्यको महत्त्वमा जोड दिए।

उनले व्यावसायमैत्री नीतिका लागि पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर