हाम्रा नेताहरूको मूल्यांकन गर्ने बेला भएको छैन : रास्वपा उपसभापति अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले आफ्ना नेता कार्यकर्ताहरूको मूल्यांकन गर्ने बेला नभएको बताएका छन् ।

बुधबार पार्टीको प्रथम काठमाडौं जिल्ला भेला कार्यक्रममा बोल्दै उनले पार्टीले नीति बनाउन नसक्दा केही कमजोरी हुने तर कसैमाथि पनि आक्रामक रूपले प्रस्तुत हुने र कारबाही गर्ने खालको काम गर्न नहुने बताए ।

उनले भने, ‘पार्टी निर्माण गर्दै गर्दा नजानेर पनि साना-साना कमीकमजोरीहरू हुन सक्ने र पार्टीले नीति बनाउन नसक्दा केही कमजोरी हुन सक्नेछ । त्यसैले हाम्रा नेताहरूको मूल्यांकन गर्ने बेला भइसकेको छैन । कसैमाथि पनि आक्रामक रूपले प्रस्तुत हुने र कारबाही गर्ने खालको कामबाट हामी टाढा रहनुपर्छ ।’

उनले पार्टीभित्र विभिन्न प्रकारका डर, शंका-उपशंकाहरू उब्जेको अवस्थाबाट आफूहरू गुज्रिरहेको बताए ।

उनले भने, ‘हामीकहाँ भित्रिएका साथीहरू सबै पार्टी बिगार्न भित्रेका पो हुन् कि ? अरू पार्टीले पठाएका पो हुन् कि ? अरू नेताहरूले पठाएका पो हुन कि भन्ने शंका गर्नुपर्ने चरणमा हामी छौं । त्यसैले नआत्तिकन काम गर्नुपर्नेछ ।’

उनले राजनीतिलाई फोहोरको डंगुर हो भनेर सोच्ने गरिएकामा शिक्षाविद्, स्वस्थ्यविद्, इन्जिनियरहरू रास्वपासँग जोडिएको देख्दा खुसी लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर