कृषिमा आत्मनिर्भर बन्न दृढ इच्छाशक्ति आवश्यक छ : आरजु राणा

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले कृषिमा आत्मनिर्भर बन्न दृढ इच्छाशक्ति आवश्यक रहेको बताएकी छिन् ।

बंगलादेशबाट फर्किएपछि बुधबार समितिको बैठकमा अध्ययन भ्रमणबारे जानकारी गराउँदै उनले सरकारले नीति बनाएर मात्रै नहुने भन्दै त्यसका लागि इच्छाशक्ति महत्त्वपूर्ण रहेको उल्लेख गरेकी हुन् ।

‘बंगलादेशले चामलमा गरेको आत्मनिर्भरबारे हामीले त्यहाँ रिसर्च सेन्टरदेखि कृषि मन्त्रालय, सम्बन्धित संसदीय समिति र सरकारका अधिकारीसँग छलफल गर्दा सबैमा राजनीतिक इच्छाशक्ति नै बलियो आधार भएको पायौं । बंगलादेशमा कृषिमै रिसर्च गर्ने १४ वटा संस्था रहेछन्,’ उनले भनिन् ।

उनले प्रधानमन्त्री, कृषि मन्त्रालयसहित सबै राजनीतिक दलहरूलाई कृषिमा आत्मनिर्भर बन्न बंगलादेशबाट धेरै कुरा सकिनेबारे सुझाव दिने बताइन् ।

उनले भनिन् ‘बंगलादेशबाट नेपालले धेरै कुरा सिक्न सक्छ । समितिले त्यसका लागि सरकारलाई सकारात्मक दबाब दिनेछ ।’

बंगलादेशको जमिन नेपालको भन्दा कम उर्वर भए पनि उनीहरूले माटो सुहाउँदो कृषि गरेको उनले बताइन् । कृषि समितिको टोली असोज १५ देखि २० गतेसम्म बंगलादेश भ्रमणमा गएको थियो ।

बंगलादेशले रिर्सचबाट कठिन जमिनमा पनि उत्पादन थालेको कुरा ग्रहणयोग्य भएको उनको भनाइ छ ।
बंगलादेशले कृषिमा आत्मनिर्भर बन्न हासिल गरेको सफलता र त्यहाँ रहेका कृषि परियोजनाको अध्ययन गर्न देउवाको नेतृत्वको संसदीय टोली बंगलादेश गएको थियो ।

त्यस्तै उनले नेपाली सुपारी, मत्स्यपालन र बाँदरको समस्याबारे छलफल गर्न आवश्यक देखिएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर