अख्तियारका सदस्यलाई नै अख्तियारले मुद्दा चलाउनुपर्ने अवस्था छ : गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सदस्यलाई अख्तियारले मुद्दा लगाउनुपर्ने अवस्था दुभाग्र्यपूर्ण भएको बताएका छन्।

बुधबार राज्य व्यवस्था समितिको बैठकमा उनले भ्रष्टाचार नियन्त्रणका लागि जरामै समस्या रहेको भन्दै अख्तियारको नियुक्ति प्रक्रियामै दलगत हस्तक्षेप र भागबन्डा भएकाले समस्या बढेको बताए।

उनले भने, ‘यसको जरामा समस्या छ। जरामा समस्या भनेको नियुक्तिमा समस्या छ। नियुक्तिमा यति दलगत हस्तक्षेप र भागबन्डा छ, पछिल्लो समय अदालतले समेत भाग खोजेको छ। अख्तियारको सदस्यलाई अख्तियारले मुद्दा लगाएर बस्नुपरेको अवस्था आएको छ।’

उनले अख्तियारको नियुक्तिको मापदण्ड र प्रक्रियालाई बदल्न आवश्यक रहेको बताए। उनले भने, ‘अख्तियार आयोगका नियुक्तिको मापदण्ड,प्रक्रियालाई नबदलिकन यहाँ गर्ने कुरा मात्र हुन्छ, परिणाम दिँदैन। नियुक्ति मापदण्डबारे कानूनमै समावेश गर्नुपर्छ।’

उनले राष्ट्रिय सतर्कता केन्द्रलाई अख्तियार मातहत लैजानुपर्ने तर्क गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *