सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक संसदीय समितिबाट पारित

प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी विधेयक पारित गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित पारित गरेको हो ।

उक्त विधेयकका सम्बन्धमा उपसमितिले दिएको प्रतिवेदनका केही विषयलाई संशोधनसहित पारित गरिएको समिति सभापति विमला सुवेदीले जानकारी दिइन् ।

विधेयकको दफा १८ को उपदफा २ का उल्लेख सहकारीमा व्यक्तिगत बचतको सीमासम्बन्धी व्यवस्थालाई हटाउने उनले बताइन् ।

उनले उक्त विधेयक प्रतिनिधिसभाको आगामी बैठकमा पेश गर्नका लागि सभामुखलाई आग्रह गरिने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर