प्रधानसेनापति शर्मा र बेलायतका सेनाध्यक्षबीच भेटवार्ता

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्स, केसीबी, सीबीई डीएसओ एडीसी जनरलबीच भेटवार्ता भएको छ।

असोज २१ गतेबाट बेलायत भ्रमणमा रहेका प्रधानसेनापति शर्मा र बेलायतका सेनाध्यक्ष स्यान्डर्सबीच बिहीबार बेलायती सेनाको लण्डनस्थित मुख्यालयमा भेटवार्ता भएको हो।

भेटघाटका दौरान बेलायती सेनाध्यक्षले नेपाली सेनाको पेसागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने बताए। द्विपक्षीय सैनिक सम्बन्ध, आपसी सहयोग तथा चासोका बारेमा छलफल भएको उक्त भेटघाटमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल, बेलायतका लागि सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार र नेपालका लागि बेलायती सैनिक सहचारी कर्णेल पल स्मिथको उपस्थिति रहेको थियो।

प्रधानसेनापति शर्माले बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिज आरसीडीएसको भ्रमणसमेत गरे। भ्रमणका दौरान उनलाई उक्त कलेजका कमाण्डेन्ट लेफ्टिनेन्ट कर्णेल (अवकाश) सर जर्ज नोर्टन केसीभीओ, सीइडीले स्वागत गर्नुका साथै कलेजमा सञ्चालन हुने तालिम गतिविधिहरूबारे जानकारी गराएका थिए।

प्रधानसेनापति शर्मा लण्डनस्थित नेपाली राजदूतावासमा उनको सम्मानमा आयोजित रात्रिभोजमा पनि सरिक भए। त्यस अवसरमा राजदूत ज्ञानचन्द्र आचार्यले प्रधानसेनापति तथा भ्रमणदलका सदस्यहरूलाई स्वागत गर्दै बेलायत र नेपालबीचको द्विपक्षीय राजनैतिक, आर्थिक, सामाजिक, सैनिक सम्बन्धको विकास र विस्तारमा नेपाली सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर