विश्वकप छनोट

अञ्जनको कीर्तिमानी गोलमा नेपाल र लाओसबीच बराबरी

अञ्जन विष्टको कीर्तिमानी गोलसँगै नेपालले विश्वकप छनोटअन्तर्गत पहिलो चरणको पहिलो लेगमा लाओसविरूद्ध १-१ को बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा पछि पारेपछि नेपालले दोस्रो हाफको सुरूवातमा नै खेलमा बराबरी गरेको हो । नेपालका लागि अञ्जनले गोल गर्दा लाओसका लागि कप्तान बौनफाचन बौनकोङले गोल गरेका थिए ।

४८ औं मिनेटमा एरिक विष्टको कर्नरमा हेडमार्फत गोल गर्दै अञ्जनले नेपाललाई खेलमा फर्काएका थिए ।

अञ्जनको कीर्तिमान
अञ्जनको यो गोलसँगै उनले राष्ट्रिय पुरूष फुटबल टोलीबाट सर्वाधिक गोलको कीर्तिमानमा बराबरी गरेका छन् । उनले हरि खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् । उनले आफ्नो ६० औं खेलमा कीर्तिमान बराबरी गरेका हुन् । सन् २०१४ मा फिलिपिन्सविरूद्ध खेल्दै अञ्जनले राष्ट्रिय डेब्यू गरेका थिए ।

पहिलो चरणको विश्वकप छनोट दुई लेगको फर्म्याटमा खेलाइनेछ । एसियाली टोलीहरूमध्येको वरीयतामा सबैभन्दा तल रहने २० टोली पहिलो चरण खेल्दै छन् । नेपाल र लाओसबीचको दोस्रो लेग असोज ३० गते लाओसमा हुने छ । दुई खेलमा अघि रहने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *