धार्मिक सद्भाव कायम राख्न नसकेको भन्दै सरूवा गरिए बाँके र सर्लाहीका एसपी

बाँके र सर्लाहीका प्रहरी प्रमुखको सरूवा भएको छ। प्रहरी प्रधान कार्यालयले धार्मिक सद्भाव कायम राख्न नसकेको भन्दै यी दुई जिल्लाका प्रहरी प्रमुखको सरूवा गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले बताए।

बाँकेका एसपी सन्तोषसिंह राठोर र सर्लाहीका एसपी नरेशराज सुवेदीको काज सरूवा भएको हो। बाँकेमा सुवासचन्द्र बोहरा र सर्लाहीमा प्रवीण धिताललाई पठाइएको छ। बाँकेका एसपी राठोरले जानकारी भएर पनि बालसुधार गृहमा एकजनाकाे ज्यान जानेगरि भएकाे झडप राेक्न पहल नगरेकाेमा प्रहरी प्रधान कार्यालयमा माैखिक उजुरी समेत परेकाे छ ।

सामान्य अवस्थामा कार्यकाल पूरा नभई सरूवा गर्न नपाइने भए पनि कमजोर सुरक्षा कमाण्डका कारण राठोर र सुवेदी दुवैको कार्यकाल एक वर्ष पूरा नभई सरूवा भएको हो।

यसअघि बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विपीन आचार्यलाई गृहमा तानेर इलामका सीडीओ श्रवणकुमार पोखरेललाई बाँके पठाइएको छ।

सर्लाही र बाँकेमा हिन्दू-मुस्लिम समुदायबीच सद्भाव बिथोलिएपछि बसेको सुरक्षा परिषद् बैठकमा पनि दुवै जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई सरूवा गर्नुपर्ने निष्कर्ष निकालिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर