एनएमबी बैंकको पुतलीसडक शाखामा ई-पेमेन्ट हबको उद्घाटन

एनएमबी बैंकको पुतलीसडक शाखामा एनएमबि ई-पेमेन्ट हबको उद्घाटन गरिएकोे छ।

यस हबको प्रयोग गरी ग्राहकहरूले भिसा शुल्क भुक्तानी, विदेशस्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, पीटीई, एसएटी, युएसएमएलई, फ्लाइवइर, स्विफ्ट, जीआरई, एसीसीएलगायत विविध अनलाइन भुक्तानी सेवा लिन सकिने बैंकले जनाएको छ।

एनएमबी इपेमेन्ट हब स्वीकृत विद्युतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकहरूका लागि सहज र झन्झटमुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताइएको छ।

एनएमबी बैंकले हाल २०१ शाखा, १४९ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *