त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा नेपालको विजयी सुरूआत

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ । बुधबार काठमाडौंको मूलपानी मैदानमा सम्पन्न खेलमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा ३ विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५१ रन बनाए । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ३४ र आशिफ शेखले २३ रन जोडे । त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्न आएको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको थियो ।

नेपालका लागि करण केसीले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए । गुल्सन झाले ३ ओभरमा ११ रन दिएर २ विकेट लिए ।

सोमपाल कामी र अविनाश बोहराले एक विकेट लिए । यूएईका लागि वसिल हमिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *