जनताको विश्वासमाथि कुठाराघात हुँदा माओवादीप्रति अविश्वास पैदा भयो : जनार्दन शर्मा

पूर्वअर्थमन्त्री जनार्दन शर्माले जनताको विश्वासमाथि कुठाराघात हुँदा माओवादी पार्टीप्रति अविश्वास पैदा भएको स्वीकार गरेका छन् ।
जनतासँग माओवादी विशेष रूपान्तरण अभियानले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा पूर्वमन्त्री शर्माले माओवादी केन्द्र जनअपेक्षा सम्बोधनमा चुकेको स्वीकार गरेका हुन् ।
उनले भने, ‘हिजो विश्वास गरे जनताले माओवादीले बुझ्यो जनताले त हामीलाई विश्वास गरेका छन् तर जनअपेक्षालाई बुझ्न हाम्रो कमी रह्यो । त्यही जनअपेक्षालाई बुझ्न कमी रहेको कारणले जनता हामीसँग असन्तुष्ट भएका हुन् । जनताले हामीबाट जुन आशा, विश्वास गरेको थियो त्यो पूरा नहुँदा अविश्वास पैदा भएको छ  र त्यसलाई अबको अभियानमा विश्वासमा बदल्ने छौं ।’
त्यस्तैसंविधानमाथि उठेका प्रश्नहरूको सम्बोधन हुनुपर्ने बताएका उनले प्रदेशलाई काम गर्न नदिइएको दाबी गरे ।
‘आज संविधानको सन्र्दभमा संघीयताको प्रश्न उठेको छ । हामीले अहिले ल्याएको व्यवस्थाविरोधीहरूलाई पनि कुनै टाउकाको मूल्य नतोक्ने यसतो व्यवस्था ल्याको छौं । तर संविधानमा नै कुरा उठेपछि सरकारले छलफल गर्न आवश्यक छ,’ उनले भने ‘प्रदेशले काम गर्न सकेन भन्ने प्रश्न उठेको छ । प्रदेशले काम गर्न नसकेको होइन प्रदेशलाई काम गर्न दिइएको छैन । प्रदेशलाई दिनुपर्ने जनशक्ति दिएको छैन, अधिकार दिएको छैन, सुरक्षा निकायहरू दिएको छैन, अनि कसरी प्रदेशले काम गर्छ त ?’
प्रचुर सम्भावना भएर पनि नेपाल गरिबीबाट माथि उठ्न नसकेको भन्दै उनले नेपालको स्रोत साधनलाई व्यवस्थित गर्न आवश्यक भएको बताए ।
‘हाम्रा स्रोत साधनहरू प्रचुर छन् । हामी गरिब छैनौं । हामी सम्पन्न छौं । हामीसँग भएका स्रोत र साधनलाई व्यवस्थित गरेर परिचालन गरियो भने हामीसँग भएको युवा जनशक्ति छन् त्यसलाई  स्रोत र साधनलाई व्यवस्थित गरेर परिचालन गर्ने कुरामा जोड्यौं भने र हामीसँग भएको पुँजी केन्द्रित गरेर परिचालन गयौं भने र आज विकसित भएको प्रविधिलाई समेत जोड्न सक्यौं भने राष्ट्र समृद्ध हुन्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर