मिस युनिभर्स नेपालले विश्व मञ्चमा राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश झल्काउने

मिस युनिभर्स नेपालको विश्वव्यापी प्रतियोगितामा नेपालले आफ्नो प्रतिनिधित्व गर्दै राष्ट्रिय पोशाकसहित विश्व शान्तिको कामना गर्ने भएको छ । आज आयोजित एक समारोहका बीच मिस युनिभर्स नेपालले राष्ट्रिय पोशाकसहितको प्रस्तति दिएको हो ।

उमंग क्रियसनले नेपालमा आयोजना गरेको एसियन पेन्ट मिस युनिभर्स नेपाल, २०२३ की विजेता जैन दीपिका ग्यारेटले विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली राष्ट्रिय पोशाकसहित आफ्नो प्रस्तुतिमार्फत विश्वव्यापी रूपमा युद्ध र शान्तिको सन्देश झल्काउने तयारी रहेको आयोजक संस्थाका डाइरेक्टर उद्धव अधिकारीले जानकारी दिए । राष्ट्रिय पोशाकमार्फत विश्व शान्तिको कामना गर्दै विश्वव्यापी रूपमा युद्ध र शान्तिको सन्देश झल्काउने जमर्को गरिएको उनको भनाइ छ ।

तयारीका लागि मिस युनिभर्स नेपाल, २०२३ की नेपाालबाट विजेता ग्यारेटको कोरियोग्राफीको जिम्मा प्रशान्त ताम्राकारले पाएका छन् ।

मिस युनिभर्स, २०२३ को ग्राण्ड फिनाले एल साल्वडोरमा आगामी नोवेम्बर १८ मा हुँदैछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर