प्रधानमन्त्री प्रचण्ड परिवारले टीका नलगाउने

काठमाडौं। घटस्थापनादेखि विधिवत् सुरु भएको बडादसैँ देशैभर मनाउनेक्रम जारी छ। दसैँको विशेष दिन आफूभन्दा ठूलाको हातबाट टीका, जमरा र आशिर्वाद थाप्ने परम्परागत चलन रही आएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेटमा टीकाको साइत छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा देशका उच्चपदस्थ व्यक्तित्वहरु उपप्रधानमन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सांसद, संवैधानिक निकायका पदाधिकारी एवम् विशिष्ट महानुभाव, निजामति, जंगी, प्रहरीतर्फ अधिकृत स्तरसम्मका राष्ट्र सेवकहरुलाई कात्तिक ७ गते अपरान्ह २ बजेदेखि ३ बजेसम्म टीका तथा प्रसाद ग्रहणको कार्यक्रम तय भएको छ ।

त्यस्तै, प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भने यो वर्ष दसैँ टीका कार्यक्रम छैन्। प्रधानमन्त्री प्रचण्ड पत्नी तथा माओवादी केन्द्रकी सल्लाहकार सीता दाहालको गत असारमा निधन भएका कारण प्रधानमन्त्री परिवार यो वर्ष शोकमा छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने- “यसपाली अन्य विशेष कार्यक्रम छैन । सामान्य भेटघाट हुन्छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर