विश्वकप क्रिकेट : ईङल्याण्ड र श्रीलंका भिड्दै

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज ईङल्याण्ड र श्रीलंकाबीच खेल हुँदै छ । बैंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुन लागेकाे हाे ।

जारी क्रिकेट विश्वकपमा ईङल्याण्ड र श्रीलंकाले ४-४ खेलमा एक एक जित हासिल गरेका छन् भने दुवैले ३-३ खेलमा हार बेहोरेका छन् ।

दुवै देशमा ३-३ खेल हारेपछि अब यो खेलमा जितको दबाब रहेको छ । डिफेन्डिङ च्याम्पियन ईङल्याण्डले यस विश्वकपमा लय गुमाएको छ भने श्रीलंकाको प्रदर्शन पनि सन्तोषजनक रहेको छैन ।

ईङल्याण्ड र श्रीलंकाबीच अहिलेसम्म ७८ एकदिवसीय खेल भएको छ । जसमा ईङल्याण्डले ३८ खेल जितेको छ भने श्रीलंकाले ३६ खेलमा जित हासिल गरेको छ । त्यसैगरी ३ खेलको कुनै नतिजा आएको छैन भने एक खेल बराबरीमा सकिएको छ ।

अष्ट्रेलियाको सम्भावित प्लेइङ ११: डेभिड वार्नर, मिचेल मार्स, स्टिभन स्मिथ, मार्नस लाबुस्चेन, क्यामरुन ग्रीन, जोश इंग्लिस (विकेटकिपर), ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, प्याट कमिन्स (कप्तान), जोश हेजलवुड र एडम जाम्पा ।

श्रीलंकाको सम्भावित प्लेइङ ११: कुसल मेन्डिस (कप्तान), कुसल परेरा, पथुम निसान्का, सदिरा समरविक्रमा, चारिथ असालान्का, धनन्जया डी सिल्भा, महीश थिकक्षना, दुनिथ वेलालगे, मथीसा पथीराना, लाहिरु कुमारा र दिलशान मधुशानका ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *