सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं। आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत जारी खेलमा नेपालले १४६ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको हो।

सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए । आर्यविर चौधरीले ३७ रन जाेडे । यस्तै मनप्रित सिंहले २४ र जनक प्रकाशले ७ रन बनाए ।

नेपालका अविनाश बोहराले सर्विधक ३ विकेट लिए । यस्तै करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २-२ विकेट हात पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर