विश्वकप छनोटमा नेपालको सुखद सुरुवात, सिंगापुर ८ विकेटले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत सिंगापुरविरुद्ध नेपालले शानदार जीत दर्ता गराएको छ । सिंगापुरलाई ८ विकेटले पराजित गर्दै नेपालले सुखःद सुरुवात गरेको हो । १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

सिंगापुरविरुद्ध सहज जित हात पार्नेक्रममा नेपालका ओपनर कूशल भूर्तेलले आक्रामक प्रदर्शन गर्दै अर्धशतकीय पारी खेले । ४७ बलको सामना गरेका भूर्तेलले ७४ रनको विष्फोटक पारी खेलेका थिए । ८ चौका र २ छक्का प्रहार गरेका थिए । ८४ रन बनाउँदा ओपनर आसिफ शेअलाई नेपालले पहिलो विकेटको रुपमा गुमाएको थियो । आसिफ २३ रन बनाउँदै आउट भएका थिए । दोस्रो विकेटको रुपमा मैदान प्रवेश गरेका कप्तान रोहितकुमार पौडेलले कुशलसँग मिलेर सानदार प्रदर्शन गरे । रोहितले नटआउट रहँदै ३५ रन थपे भने कुशल मल्लले एक बलको सामना गर्दै विजयी छक्का प्रहार गरे ।

कुशलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं पटक अर्धशतक बनाएका हुन् । २५ खेल खेल्ने क्रममा उनले एक पटक शतक पनि प्रहार गरेका छन् । बलिङतर्फ सिंगापुरका अनन्थ कृष्ण र अक्षय रुपक पुरीले समान एक विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन जोडेको थियो । उसका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए । ३० बल सामना गरेका उनले ९ चौका र एक छक्का हिर्काउँदै ४६ रन बनाएका हुन् । त्यस्तै आर्यावीर चौधरीले ४२ रन थपेको खेलमा ६ चौका हिर्काए ।

त्यस्तै मनप्रित सिंहले २०, अक्षय रुपक पुरीले १३, र जनक प्रकाशले ७ रन थपे बलिङतर्फ नेपालका अविनाश बोहराले तीन विकेट लिए । ४ ओभर बलिङ गरेका बोहराले ४३ रन खर्चेर तीन विकेट लिए । भने गुलसन झा र सन्दीप लामिछानेले र करण केसीले समान दुई विकेट लिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *