टी-२० विश्वकप छनोट

नेपालसँग पराजय व्यहाेरेको सिंगापुरका कप्तान भन्छन्- नेपाली टोलीले साँच्चै राम्राे क्रिकेट खेल्याे

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेटअन्तर्गत आज भएको पहिलो खेलमा नेपालसँग हारेपछि सिंगापुरका क्याप्टेन अरित्र दत्तले नेपाली खेलाडीले गरेको प्रदर्शनको प्रशंसा गरेका छन् ।

खेल सकिएपछि सञ्चारकर्मीसँग दत्तले नेपाली टोलीलाई घरेलु मैदानको फाइदाभन्दा पनि उनीहरूले गरेको प्रर्दशन राम्रो भएकाले आफूहरूले खेल हारेको बताए ।

आजको खेल हारे पनि त्यसबाट सिकेर अर्को खेलमा राम्रो गर्ने भन्दै उनले भने, ‘म यो भन्दिनँ कि होम एड्भान्टेज नेपाललाई छ । उनीहरूले साँच्चै राम्रो क्रिकेट खेले । होम ग्राउण्डको फाइदा केही हुने नै भयो त उनीहरूले राम्रो खेले र राम्रो टिम प्रर्दशन गरे । हाम्रो भन्दा राम्रो ।’

नेपालका बलर करण केसीले क्याप्टेन अरित्र दत्तलाई आउट गरी नेपालका लागि पहिलो विकेटको सफलता दिलाएका थिए ।

४६ बल खेल्दै सर्वाधिक ७४ रनको योगदान ओपनर कुशल भुर्तेलले आफूले गरेको प्रर्दशनप्रति खुसी भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘पहिला मूलपानीमा गरेको प्रर्दशनप्रति आफैंलाई चित्त बुझेको थिएन । आजको खेलमा मोन्टी सर, रोहित सबैले मप्रति विश्वास र सपोर्ट गरेका थिए । खुसी छु ।’

उनले आसिफ शेख र आफ्नो पार्टनरसिपमा राम्रो रन बनाए पनि जारी छनोट खेलमा दीपेन्द्रसिंह ऐरीले चोटका कारण सहभागी हुन नसक्नेप्रति दु:ख व्यक्त गरे ।

‘दीपेन्द्रको अवस्था हेर्दा नराम्रो लाग्छ । हाम्रो लागि यो वर्षकै ठूलो र अन्तिम टुर्नामेन्ट थियो । नराम्रो लागिरा’को छ । तर ऊ नभए पनि अरू सबै छन्, सबैले राम्रो गरे टुर्नामेन्ट राम्रो हुन्छ । जुन स्पिरिटमा आज खेल्यौं भोलि पनि जारी रहन्छ ।’

जितपछि, सिंगापुरविरूद्ध आजको खेलमा नेपाललाई २ विकेट दिलाएका बलर गुल्सन झाले आफ्नो बलरको भूमिकालाई शतप्रतिशत दिएर क्वालिफायरमा अझ राम्रो प्रदर्शन गर्ने बताए ।

समूह चरणको ‘ए’ मा रहेका नेपाल र सिंगापुरबीचको किर्तिपुर मैदानमा आज बिहान भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्यलाई नेपालले १६.३ ओभरमा मात्रै २ विकेट गुमाएर पुरा गर्‍याे ।

९ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको सिंगापुरले आफ्नो टिमको प्रर्दशन राम्रो नभएकै कारण खेल हारेको भन्दै क्याप्टेन दत्तले नेपाली खेलाडीको प्रसंशासमेत गरे ।

एसिया छनोटमा एसियाका आठ देश सहभागी खेल १९ कात्तिकसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा समूह चरण ‘ए’ र ‘बी’ अन्तरर्गत दुवै समूहबाट विजेता दुई टोली सेमिफाइनल पुग्नेछन् ।

भिडियाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *