भोटेकोशीमा हामफालेर बेपत्ता पुरूषको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-५, रोंगास्थित भोटेकोशी खोलामा हामफाली बेपत्ता भएका व्यक्तिको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल, नेपालको गोताखोर परिचालन गरिएको छ ।

सोही गाउँपालिका-१ बस्ने अन्दाजी ४२ वर्षीय छिरिङ तामाङ यही कात्तिक ८ गते उक्त खोलामा हामीफाली बेपत्ता भएको बताइएको छ ।

छिरिङले कात्तिक ७ गते सामान्य विवादमा सोही ठाउँ बस्ने अन्दाजी ६३ वर्षीय फुर्पु छिरिङ तामाङलाई कुटपिट गरेका थिए ।

त्यसपछि प्रहरी चौकी थुमनले सोधपुछका लागि मोटरसाइकलको पछाडी राखी जिल्ला प्रहरी कार्यालय रसुवा लैजाने क्रममा गुडिरहेको मोटरसाइकललाई पल्टाई भागेर उक्त खोलामा हामफाली उनी बेपत्ता भएका थिए ।

उनको खोजीकार्यका लागि सोमबार सशस्त्र प्रहरी बल, नेपाल नंं. २० विपद् उद्धार उपत्यका गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटाइएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *