किन चर्चामा छ क्रिष्टियानो रोनाल्डो र सलमान खानको नयाँ तस्बिर ?

फिल्म स्टार र खेल जगतका खेलाडीबीचको सम्बन्ध निकै पुरानो हो । त्यो चाहे बलिउड होस् वा हलिउड नै किन नहोस् । अहिले सलमान खान र क्रिष्टियानो रोनाल्डो सामाजिक सञ्जालमा निकै चर्चामा छन् । यी दुई महान हस्ती आइतबार दुबईमा एक कार्यक्रममा सहभागी भएका थिए ।

उनीहरू दुवैका केही तस्बिर र भिडियो पनि सामाजिक सञ्जालमा आएका थिए, जसलाई हेरेर रोनाल्डोले सलमान खानलाई बेवास्ता गरेको भनिएको थियो । यति मात्र होइन, यी दुवैलाई लिएर सामाजिक सञ्जालमा धेरै मिम्स पनि बनाइएका छन् । अहिले यी सुपरस्टारको नयाँ तस्बिर भाइरल भएको छ, जसलाई देखेर क्रिष्टियानोले सलमानलाई जानीबुझी बेवास्ता गरेको भन्नेहरूको मुख बन्द भएको छ ।

सलमान र क्रिष्टियानाेकाे नयाँ तस्बिर

हालै साउदी अरबको राजधानी रियादमा बक्सिङ म्याचको आयोजना गरिएको थियो, जसमा फुटबलका बादशाह क्रिष्टियानो रोनाल्डो र सलमान खान विशेष अतिथिको रूपमा सहभागी भएका थिए । यस क्रममा दुवैले पूरै खेलको मजा लिए । यसबीच दुवैको एक भिडियो सामाजिक सञ्जालमा आयो, जसमा क्रिष्टियानो सलमानको छेउबाट हिँडिरहेका छन् ।

यो भिडियो हेरेपछि सलमानका फ्यानहरू रिसाए । अहिले एउटा नयाँ तस्बिर सार्वजनिक भएको छ, जसमा दुवै सुपरस्टारहरू एकअर्कासँग कुरा गरिरहेको देख्न सकिन्छ । यो तस्बिरमा दुवै जना कुनै कुरामा चर्को स्वरमा हाँसेको देखिन्छ । यो तस्बिर बाहिर आएपछि क्रिष्टियानोले सलमान खानलाई बेवास्ता नगरेको थाहा हुन्छ ।

सलमानकाे नयाँ फिल्म
वर्कफ्रन्टको कुरा गर्ने हो भने सलमान खान चाँडै फिल्म ‘टाइगर ३’ मा देखिनेछन् । यो फिल्ममा उनी फेरि एक पटक कट्रिना कैफसँग देखिनेछन् । यसबाहेक फिल्ममा इमरान हाशमी पनि छन् । यो फिल्म १२ नोभेम्बर २०२३ मा रिलिज हुनेछ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर