मलेसियालाई ६ विकेटले हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

घरेलु टोली नेपाल जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

मलेसियाले जितको लागि दिएको १६६ रनको लक्ष्य १८ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

यो जितसँगै नेपाल समूह चरणको एक खेलअघि नै सेमिफाइनलमा पुगेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।

नेपाललाई सानदार जित दिलाउनको लागि कुशल मल्लले अर्धशतक पारी खेले । ३३ बल खेलेको उनले दुई चौका र सात छक्का प्रहार गर्दै ६५ रन जोडे ।

ओपनर कुशल भुर्तेलले ४३ रन जोडे । उनले बलमा २५ बलमा चार चौका र चार छक्का प्रहार गरेका थिए । त्यस्तै अर्का ओपनर आसिफ शेखले ३२ रन जोडे । उनले एक चौका र दुई छक्का प्रहार गरेका थिए । त्यस्तै कप्तान रोहित पौडेल दुई रनमा आउट हुँदा सन्दीप जोरा १८ र विवेक यादव दुई रनमा अजिवित रहे ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ६५ रन बनाएको थियो ।

मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३/१३ रन बनाए ।

नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एकरएक विकेट लिएका थिए ।

नेपालको जितसँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने अर्को टीम ओमान बनेको छ । ओमानले आजै बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो । पराजयसँगै सिंगापुर र मलेसिया भने बाहिरिएको छ ।

बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर