परराष्ट्रमन्त्री साउद अमेरिकामा उच्चस्तरीय भेटघाटमा ब्यस्त

अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद उच्च स्तरीय भेटघाटमा ब्यस्त रहेका छन् । उनले मंगलबारमात्रै युएसएडका प्रमुख प्रशासक सामन्था पावर र अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग भेटवार्ता गरेको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।

नाथनसँग मङ्गलबार भएको भेटमा उनीहरु बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ ।

सो अवसरमा मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पार्दै निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गरेका थिए।

निमगका प्रमुख कार्यकारी अधिकृत नाथनले नेपालको आर्थिक विकासमा निगमको लगानी वृद्धिसम्बन्धी दृष्टिकोण र सम्भावित क्षेत्रहरूका बारेमा आफ्नो धारणा राखेका थिए।
यस्तै युएसएड प्रशासक पावरसँगको भेटमा नेपालमा विद्यमान सहयोगको बारेमा जानकारी लिएका थिए । नेपालको विकास प्राथमिकतालाई साकार पार्न यस्तो सहयोगलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

अमेरिकी सरकारमातहत रहेको उक्त निगमले अहिले एक सय १० देशमा ३६ अर्ब ४५ करोड डलर लगानी गरेको जनाइएको छ । साथै निगमले पुँजीगत लगानीमार्फत निजी क्षेत्रको विकासका लागि वित्तीय उपकरण परिचालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर