क्यानडाकाे राजदूतमा सिफारिस भरतराज पौड्यालविरूद्ध उजुरी आह्वान

सरकारले क्यानडाका लागि राजदूत सिफारिस गरेका भरतराज पौड्यालविरूद्ध उजुरी आह्वान भएको छ ।

संसदीय सुनुवाइ समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले पौड्यालविरूद्ध उजुरी आह्वान गरेको हो । उजुरी आह्वानसँगै उनी उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र स्पष्ट आधार खोली समितिमा सूचना वा उजुरी दिन सकिनेछ ।

उजुरीकर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहने समितिले बताएको छ । समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले प्रस्तावित राजदूत पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिका बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले सरकारी सञ्चारमाध्यमहरूमार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गरे । सो प्रस्तावलाई समितिले सर्वसम्मतिले पारित गरेको छ ।

उनले प्रस्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन एवं प्रसारण गर्न समिति सचिवलाई निर्देशन दिए । उजुरी आह्वानपछि प्रस्तावित राजदूतको संसदीय समितिमा सुनुवाइ हुने छ । समितिले अनुमोदन गरेपछि राजदूत नियुक्त हुनेछन् ।

सरकारले परराष्ट्रसचिवसमेत रहेका पौड्याललाई कात्तिक ३ गते क्यानडाका लागि राजदूतमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर