सबै दलहरूलाई एकै ठाउँ ल्याउन पहल गरिरहेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलहरूलाई एकै ठाउँमा ल्याउन पहल गरिरहेको बताएका छन् ।

बुधबार नेकपा (एमाले) ले पार्टी मुख्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आफूले दलहरूलाई एकै ठाउँमा ल्याउन पहल गरिरहेको भन्दै यस्ता शुभकामना आदानप्रदान कार्यक्रमले पार्टीहरूबीच समझदारी बनाउन राम्रो वातावरण बनेको बताए ।

उनले भने, ‘मैले जहिले पनि दलहरूलाई एकै ठाउँमा ल्याउन पहल गरेको छु । आज बिहानको बैठक पनि त्यही पहल हो । त्यो सकारात्मक भएको छ । अस्ति नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र आज एमालेले गरेको कार्यक्रमले पार्टीहरूको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु ।’

उनले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता सकारात्मक भएको भन्दै शान्ति प्रक्रिया चाँडै टुंगिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर