नीजि कम्पनीबाट पैसा खाएर बसेको बैठक बहिस्कार गरेको हो : बालेन्द्र

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले १७ नगरपालिकाले कुनै नीजि कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको बताएका छन् । उनले आफूले कसैको अपमान नगरेको पनि उल्लेख गरेका छन् ।

‘१७ वटा नगरपालिकाले कुनै Private Company बाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होइन,’ प्रमुख साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले नेताहरूले देश बेच्न खोजिसकेको तर काठमाडौँ महानगर विक्रिमा नरहेको पनि आफ्नो स्ट्याटसमा उल्लेख गरेका छन् । अरुले देश पूरै बेचे पनि काठमाडौँ महानगर एक्लै नेपाल भनेर उभिने साहले उल्लेख गरेका छन् ।

‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन,’ साहले लेखेका छन्, ‘तपाईंहरुले पुरै देशनै बेच्नुभो भने पनि, काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ ।’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियार् जुटेरेसकाे नेपाल भ्रमणका क्रममा मेयर साहकाे कतै पनि उपस्थिति नदेखिए पछि उनकाे आलाेचना भइरहेकाे छ। उनले साेही आलाेचनाप्रति सामाजिक सञ्जालबाट आफ्नाे धारणा सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *