दक्षिण कोरियाका कृषिमन्त्री नेपालमा, प्रधानमन्त्रीसँग भेटवार्ता

दक्षिण कोरियाका कृषि, खाद्य र ग्रामीण मामिलामन्त्री चुङ ह्वाङ-क्युन नेपाल भ्रमणमा आएका छन्।

यद्यपि, नेपालस्थित दक्षिण कोरियाली राजदूतवास र नेपालको परराष्ट्र मन्त्रालयले उनको भ्रमणबारे कुनै औपचारिक जानकारी गराएको छैन।

मन्त्री क्युनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्।

उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भेटवार्ता भएको हो।

सो अवसरमा कृषि सहयोगलगायत विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर