नेपालीलाई विदेशमा बिक्री गर्ने काम बन्द गर्नुपर्छ : सांसद भण्डारी

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालीहरूलाई बाहिर देशमा बिक्री गर्ने काम बन्द गर्नुपर्ने बताएका छन्।

आज प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले नेपालीहरू बाहिर जाने काम बन्द गर्नका लागि रोजगारी सिर्जना गर्नुपर्ने भन्दै त्यसका लागि राष्ट्रिय एजेण्डा बनाएर अगाडि बढ्नुपर्ने बताए।

उनले भने, ‘नेपालीहरूलाई बिक्री गर्ने काम बन्द गर्नुपर्छ। त्यसका लागि रोजगारी सिर्जना गर्नुपर्छ। अहिले हामी किन पछाडि परेको भन्दा हाम्रो राष्ट्रिय एजेण्डा नभएर हो। जबसम्म हामीसँग राष्ट्रिय एजेण्डा हुँदैन तबसम्म जोसुकै प्रधानमन्त्री भए पनि मुलुक अगाडि बढ्न सक्दैन।’

उनले नयाँ दलहरूलाई स्वागत गर्दै उनीहरूलाई चुनौतीको रूपमा लिन नहुने बताए। उनले भने, ‘हामीले प्रतिस्पर्धा गर्ने हो, नयाँ आएका दलहरूले प्रश्न उठाए भने हामीले गर्व गर्नुपर्छ, चुनौती गर्ने युवाहरू आए भनेर। अब हामीले कस्तो काम गरेर त्यसलाई ठीक ठाउँमा ल्याउने भनेर काममा प्रतिस्पर्धा गर्ने कुरा हो, व्यवहारमा प्रतिस्पर्धा गर्ने कुरा हो। नयाँ राजनीति गर्ने युवाहरूलाई स्वागत छ, उनीहरूलाई हाम्रो अनुभवले जित्न सक्छ भनेर देखाउनुपर्छ।’

देशको ४० अर्ब पैसा बाहिर जाँदा, भारतको सिमानामा कलेजहरू खोल्दा र विकास निर्माणका कामहरू अस्तव्यस्त हुँदा पनि कसैलाई मतलब नरहेको उनले उल्लेख गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर