चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत सेक्रेटरी नेपाल भ्रमणमा आउँदै

छिमेकी चीनबाट अर्को साता उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौं आउने तय भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ प्रतिनिधिमण्डलसहित नेपाल भ्रमणमा आउन लागेका हुन् । वाङलाई चीन सरकारले नेपाल–चीन सम्बन्धको इन्चार्ज तोकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणपछि चीनबाट पहिलो उच्चस्तरीय प्रतिनिधिमण्डल आउन लागेको हो । प्रधानमन्त्री प्रचण्ड र तिब्बत सेक्रेटरी वाङबीच १० असोजमा तिब्बतको राजधानी ल्हासामा भेटवार्ता भएको थियो । भेटवार्तामा नेपाल र चीनबीचका परम्परागत सीमानाकाका पूर्वाधार व्यवस्थापन गर्दै क्रमशः खुला गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर