नेपालले गुमायो दोस्रो विकेट, कुशलपछि गुल्सन आउट

टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) ले दिएको एक सय ३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटका रुपमा गुल्सन झालाई गुमाएको हो । उनी २४ बलमा तीन चौकाको मद्दतले २२ रन बनाउँदै आउट भएका हुन् । उनलाई यूएईका बलर बासिल हमिदले बोल्ड गरेका हुन् । उनी आउट हुँदा नेपालले ९.३ ओभरमा दुई विकेट गुमाएर ६७ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *