विश्वकपमा छनोट क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने- सरकार सधैं साथमा छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्।

उनले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मानसमेत व्यक्त गरेका छन्।

साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै साथमा रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

आज यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपको यात्रा तय गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर