बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका-५, शक्तिपुर बस्ने २८ वर्षीया सृजना डाँगी बाख्रा चराउन गएका बेला बाघको आक्रमणमा परेकी हुन् ।

गाउँ नजिकैको चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएका बेला डाँगीलाई बाघले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले बताए ।

मृतक डाँगीको शव घटनास्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । शव पोष्टमर्टमका लागि बर्दिया अस्पताल लगिएको छ ।

गत वर्ष चिरौटे सामुदायिक वनमा नै दाउरा काट्न गएका बेला बाघको आक्रमणमा परी दुई महिलाको मृत्यु भएको थियो । यस सामुदायिक वन बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरीनियाघाट वन्यजन्तु आरक्षको बीचमा रहेको खाता जैविक मार्गअन्तर्गत पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर