स्वास्थ्य र प्रविधि अध्ययनका लागि भारतीय शिक्षण संस्थामा छात्रवृत्तिको अवसर

नेपाल-भारत महिलामैत्री समाज र गान्धी एजुकेसन ट्रस्ट कटीहारबीच नेपाली विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको नेपाल-भारत महिलामैत्री समाजले जानकारी दिएको हो ।

सम्झौताअनुसार गान्धी एजुकेसन ट्र्ष्ट, विहारअन्तर्गतका शैक्षिक संस्थामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई २२ वटा पूर्ण छात्रवृत्ति प्रदान गरिने छ ।

गान्धी एजुकेसन ट्रष्ट र समाजबीच नेपाल-भारत महिलामैत्री समाजले प्रस्ताव गरेका विद्यार्थीहरूलाई डिप्लोमा इन नर्सिङ कोर्स अध्ययनका लागि ११ जनालाई पूर्ण छात्रवृत्ति र बीएस्सी इन नर्सिङ कोर्सका लागि ११ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको छ ।

त्यसैगरी नेपाल-भारत महिलामैत्री समाज र बुद्ध इन्स्टिच्युट अफ टेक्नोलोजीबीच पनि नेपाल-भारत महिलामैत्री समाजले प्रस्ताव गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौताअनुसार बुद्ध इन्स्टिच्युट अफ टेक्नोलोजीले डिप्लोमा इन इञ्जिजियरिङ कोर्सअन्तर्गत ११ जनालाई पूर्ण छात्रवृत्ति र ब्याचलर इन टेक्नोलोजी (बीटेक) कोर्सअन्तर्गत ११ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने सहमति भएको छ ।

छात्रवृत्ति २०२४ को शैक्षिक क्यालेण्डरबाट सुरू हुने बताइएको छ ।

नेपाल-भारत महिलामैत्री समाजले जेहन्दार विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने सपना आर्थिक अभावले अधुरो नरहोस् भन्ने उद्देश्यका साथ छात्रवृत्तिका लागि पहल गरिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर