राष्ट्रपतिको युरोप भ्रमण रद्द गरी त्यसबाट बच्ने रकम भूकम्प प्रभावितकोे राहत र उद्धारमा खर्चिन रवीन्द्र मिश्रको सुझाव

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण रद्द गरी त्यसबाट बच्ने रकम भूकम्पपीडितको राहत र उद्धारमा खर्च गर्न सुझाव दिएका छन् ।

शुनिबार सामाजिक सञ्जालमार्फत उनले राप्रपाले संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोलीलाई भूकम्प प्रभावित क्षेत्रमा खटाएको जानकारी दिँदै राष्ट्रपतिको भ्रमण रद्द गरी त्यसबाट बच्ने रकम भूकम्पपीडितको राहत र उद्धारमा खर्च गर्न सुझाव दिएका हुन् ।

उनले लेखेका छन्, ‘भूकम्पका कारण जाजरकोट, रूकुमलगायत पश्चिम नेपालका विभिन्न स्थानमा भएको व्यापक धनजनको क्षतिले मर्माहत बनाएको छ । यो संकटको घडीमा जहाँबाट जसरी सकिन्छ, सबै मिलेर सहयोग गरौं । राष्ट्रपतिले यो राष्ट्रिय पीडाको घडीमा युरोप भ्रमण रद्द गरेर त्यसबाट बच्ने करोडौं रकम राहत र उद्धारमा खर्च गर्नु राम्रो हुन्छ । राप्रपाले संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोली खटाएको छ ।’

उनले राप्रपाको महिला संगठनको टोली पनि राहत सामग्रीसहित जान लागेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर